सेयर डिलरको इजाजत छिट्टै


काठमाडौं : सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले स्टक डिलरको इजाजत दिने नीतिगत निर्णयको तयारी अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै नीतिगत निर्णय हुने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए। उनले भने, ‘विशेष ऐनअन्तरगत स्थापना भएका

संस्थालाई सेयर बजारको डिलरका रूपमा विकास गर्न खोजिएको हो।’ कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, सामाजिक सुरक्षा कोषलगायत संस्था विशेष ऐन अन्तरगत स्थापना भएका वित्तीय कारोबार गर्ने संस्था हुन्।यस्ता संस्थालाई सेयर बजारको डिलर सेवा दिने व्यवस्था गर्न लागिएको अध्यक्ष ढुंगानाले बताए। ‘कुनकुन संस्थालाई कसरी समेट्ने भन्ने टुंगोमा पुगिएको छैन’, उनले भने। सेयर बजार कहिले ह्वात्तै घट्ने त कहिले त्यसैगरी बढ्ने प्रबृत्तिले बजारप्रतिको विश्वसनीयता बढ्न नसकेको गुनासो लामो समयदेखि उठिरहेको छ। सेयर बजारका लगानीकर्ताले बजार निर्माता, डिलर र संस्थगत लगानीकर्ताको विकास गर्न एक दशकदेखि नै माग गर्दै आएका थिए।यसअघि संस्थागत लगानीकर्ताको व्यवस्था गर्ने भन्दै सामूहिक लगानी कोष सञ्चालनमा ल्याइएको थियो। तर बजारको विकास र स्थिरताका लागि भनेर सञ्चालनमा ल्याइएका त्यस्ता संस्थाले बजार सूचकांकलाई झनै बढी अस्थिर बनाएको लगानीकर्ता बताउँछन्।

‘उनीहरूसँग कम्पनीका आन्तरिक सूचनामा बढी पहुँच हुने र त्यसैअनुसार किनबेच गर्ने गर्दा बजार झनै प्रभावित हुने गरेको छ’, एक जना सेयर ब्रोकर बताउँछन्।ब्रोकरका अनुसार त्यस्ता सामुहिक लगानी कोष सेयर बजारको स्थायित्वमा सघाउनेभन्दा बैंकमा निक्षेप राखिदिएर माउ कम्पनीलाई सहयोग गर्न मात्र उद्धत छन्। तर, बैंकर पनि त्यस्ता सामुहिक लगानी कोषबाट हैरान छन्। ‘आफ्नै सहायक कम्पनी हुने बैंकलाई त फाइदै होला, हामीलाई त तनाव दिन्छन्’, एक बैंकर भन्छन्, ‘अर्को बैंकले ०.५ प्रतिशत बढी ब्याज दिने वित्तिकै निक्षेप निकालिदिन्छन्। तरलता अभाव हुँदा बैंक चलाउनै समस्या हुन्छ।’ यस्ता संस्थाले सर्वसाधारणलाई करोडौं एकाइ बेचेर पैसा संकलन गरेका छन्। उनीहरूले बैंकमा ‘कल निक्षेप’ भनिने खातामा जतिबेला पनि पैसा निकाल्न सक्नेगरी जम्मा गर्छन्। ‘आफ्नो नाफाका लागि जे पनि गर्ने यस्ता संस्थाबाट बजारको स्थायित्वको अपेक्षा पुरा हुँदैन’, ती बैंकर भन्छन्।

बोर्डका अधिकारी भने निजी कम्पनीबाट अपेक्षित परिणाम आउन नसकेपछि सरकारी संस्थालाई जिम्मेवारी दिन लागिएको बताउँछन्। सेयर डिलरको इजाजत दिइसकेपछि यस्ता संस्थाले बजारमा सेयरको माग बढी भएको बेलामा आफ्नो स्वामित्वको सेयर बेचिदिने आशा गरिन्छ। व्यवक्तिगत लगानीकर्ताले सेयर बेच्न चाहेको बेला डिलरले किनिदिएर बजारको अस्वाभाविक उतारचढाबलाई रोक्न सघाउँछन्।यस्ता डिलरलाई सेयर लगानीबारे परामर्श दिने, लगानी व्यवस्थापन गरिदिने, कम्पनीको सेयर किन्ने प्रत्याभूति दिने र ठूलो परिमाणमा सेयरको खरिदबिक्री गर्ने सुविधा पाउँछन्। धितोपत्र बोर्डले नेपालको आवश्यकता हेरेर यस्ता सुविधा हेरफेर गर्न सक्ने छ। यहीकारण डिलरलाई बजार निर्माता पनि भन्ने गरिएको हो।

सेयर डिलर नहुँदा बजारमा तीव्र उतारचढाव हुँदै आएको छ। पछिल्लो तीन महिनाको सेयर बजारलाई नियाल्ने हो भने पनि झण्डै १ सय अंकको उतारचढाव देखिन्छ। १७ पुसमा ११ सय ६६ अंकमा रहेको नेप्से ५ माघमा १३ सय ४३ अंकमा पुग्यो। त्यसपछिका ५ दिन बजार खुल्दा १२ माघमै १२ सय ७६ अंकमा झ¥यो। फेरि २० माघमा १३ सय ४९ अंकमा उक्लियो। गत आइतबार परिसूचक फेरि १३ सय १९ अंकमा झरेको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको उ पचार ख र्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने

टुटल र पठाओ अब निर्वाध चल्न पाउने, रोक्ने कदमबाट यसरी पछि हट्यो सरकार

काठमाडौं, फागुन ३० । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ

सबै स्थानीय तहमार्फत सरकारकाे निर्देशन- ‘जमघट नगरौं, भोज, उत्सवमा नजाऔँ’

काठमाडौं, ३० फागुन । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं

सय दिनमै दे,खियो मन्त्री नेम्वाङको काम !

काठमाडौं । मन्त्रीहरुको कामप्रति जनस्तरबाट निकै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत