कोटेश्वर-कलंकी सडक खण्डमा पनि लेन प्रयोगमा नयाँ नियम लागू हुने


काठमाडौं । कोटेश्वर–कलंकीको ८ लेन सडक खण्डमा सवारी लेन प्रयोगसम्बन्धी नयाँ नियम लागू हुने भएको छ । चैत २ गतेदेखि यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य द्रूत लेनबाट मात्र चलाउने व्यवस्था लागू गर्न लागिएको हो ।

उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले लेन प्रयोगको नयाँ नियम ल्याइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘यो सडक व्यबस्थित र सुबिधायुक्त छ, यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्रा्ष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।’

देशकै पहिलो १० किमी लम्बाई भएको ८ लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ प्रतिशतको हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ् रहेको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरेर सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने लगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरेर सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । यस नियम यसअघि नै महाशाखाले जडिवुटी–सूर्यविनायक सडक खण्डमा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको उ पचार ख र्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने

टुटल र पठाओ अब निर्वाध चल्न पाउने, रोक्ने कदमबाट यसरी पछि हट्यो सरकार

काठमाडौं, फागुन ३० । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ

सबै स्थानीय तहमार्फत सरकारकाे निर्देशन- ‘जमघट नगरौं, भोज, उत्सवमा नजाऔँ’

काठमाडौं, ३० फागुन । सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं

सय दिनमै दे,खियो मन्त्री नेम्वाङको काम !

काठमाडौं । मन्त्रीहरुको कामप्रति जनस्तरबाट निकै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत